पूर्वमन्त्रीको घटना स्थलमा गृहमन्त्री निधी

काठमाडौं, ११ असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा सुरक्षा निकायका प्रमुखहरु पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार गाडी दुर्घटना भएको स्थल चितवनको घोप्टेभीर पुगेका छन् ।

गृहमन्त्री निधि, नेपाली प्रहरी प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल तथा सशस्त्र प्रहरी प्रमुख आईजीपी दुर्जकुमार राई घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षणमा गएका हुन् । यसअघि सोमबार यातायात मन्त्री रमेश लेखक पनि घटनास्थलमा पुगेर घटना बारे जानकारी लिएका थिए ।
आइतबार भएको उक्त दुर्घटनामा घिमिरेकी आमा चैत्यकुमारी घिमिरेसहित तीन जनाको मृत्यु भएको थियो भने पूर्वमन्त्री घिमिरेसहित तीन जनाको अवस्था अझै अज्ञात छ ।

दुर्घटनास्थलमा बेपत्ता भएकाहरुको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ । सुरक्षाकर्मीले त्रिशुलीका विभिन्न स्थानमा ब्लक बनाएर खोजी कार्यलाई जारी राखेका छन् ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter