प्रधानमन्त्री र मावन अधिकारकर्मी तथा प्रतिष्ठानका पदाधिकारी विच भेटवार्ता

काठमाडौं, असोज ११ ।
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा प्रतिष्ठान पदाधिकारीले प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठानको भौतिक पूर्वाधार अभावबारे प्रधामन्त्री प्रचण्डलाई अवगत गराएका हुन् ।

जवाफमा प्रधानमन्त्री दााहलले प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ ।

यसैविच मानव अधिकारकर्मीहरुको टोलीले पनि प्रधानमन्त्री दाहालसँग आज भेटवार्ता गरेका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति प्रक्रियाका सहजकर्ता एवं बरिष्ठ मानव अधिकारकर्मीहरु दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर र बिरेन्द्र मिश्रसहितको टोलीले प्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री र अधिकारकर्मीबीच शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय प्रणाली र सामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीले द्धन्द्धको व्यवस्थापन र सहजीकरणमा मानव अधिकारकर्मीले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी काम र राजनीतिक सहकार्यको वातावरणका लागि क्रियाशील हुन अनुरोध समेत गर्नुभएको थियो ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया