नयाँ नेतृत्वका लागि भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको चुनावको मतगणना आज


काठमाडौं, असोज ११
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमितिका लागि भएको चुनावको मतगणना आज हुँदैछ । हिजो साँझ सकिएको चुनावको आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने जनाइएको छ ।

आज दिन भरीमा मतगणना सक्ने तयारी रहेको प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझीले जानकारी दिनुभयो ।

४५ जनाको कार्यसमितिमा ४० पदका लागि चुनाव भएको प्रतिष्ठानले जनाएको छ । अध्यक्षका लागि बद्री पंगेनी, विष्णु खत्री र टीकाराम चपाई गरी तीन जना चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षमा तीन, द्धितिय उपाध्यक्षमा दुई, उपमहासचिवमा दुई तथा महिला सदस्यमा ११ जना प्रतिस्पर्धामा छन् ।

यस्तै ७ वटा प्रदेश संयोजकका लागि पनि प्रतिस्पर्धा भएको छ । प्रथम उपाध्यक्षमा पशुपति शर्मा, कोषाध्यक्षमा दीपक खड्का र महिला सचिवमा राधिका हमाल निर्विरोध निर्वा्चित भईसक्नुभएको छ । प्रतिष्ठानका पाँच जना सदस्य भने पछि मनोनयन गरिने जनाइएको छ ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया