प्रधानमन्त्रीले आज मोर्चाका नेताहरुसँग छलफल गर्दै

काठमाडौ ११ असोज ।  

मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारीमा जुटेको प्रधानमन्त्री पुष्पकमल दालले आज मोर्चाका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्न ३ बजेपछि हुने छलफलमा मोर्चाले अघि सारेको मागका विषयमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आफूहरुको माग सम्बोधनका लागि संविधान संशोधनमा बाहिर प्रचार गरिए जस्तो प्रगति नभएको निष्कर्ष निकालेको मोर्चाले सरकारको अन्तिम धारणा माग गर्ने निर्णय गरेको भोलीपल्टै प्रधानमन्त्रीले मोर्चालाई छलफलका लागि बोलाउनु भएको हो ।

प्रधानमन्त्रीसँगको आजको छलफलमा स्थानीय तह पुनरसंरचनाको सवालमा प्रमुख तनि दलबीच भएको सहमतिबारे कुरा उठाइने मोर्चा आवद्ध दल मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिश्वर यादवले जानकारी दिनुभयो ।

यस्तै संविधान संशोधनका लागि सरकरलाई अल्टिमेटम दिने र त्यसपछि पनि आफूहरुले उठाएको माग सम्बोधनमा बेवस्ता गरिए सत्ता समर्थन फिर्ता लिने मार्चाले जनाएको छ ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter