विश्व पर्यटन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ ११ असोज । 

सबैका लागि पर्यटन भन्ने नाराका साथ आज विश्व पर्यटन दिवस मनाइदैछ । दिवसका अवसरमा नेपालमा पनि पर्यटन क्षेत्रसाग सम्बन्धीत विभिन्न संघ संस्था विविध कार्यक्रमको आयोजना गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आव्हानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाईंदै आएको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज दिवसका अवसरमा राजधानीमा विषेश कार्यक्रमको आयोजना गरेको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धीत ५० भन्दा बढी संघ संस्थाले राजधानीको ठमेलबाट केहीबेरमा प्रभातफेरि निकाल्ने तयारी गरेको छ । दिवसका अवसरमा सरकारले आज सबै भनदा बढी पर्यटन भित्र्याउने पर्यटन उद्योगलाई सम्मान समेत गर्दैछ ।

अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण खस्किएको पर्यटन क्षेत्रका लागि यो दिवस गुमेको साख फर्काउन राम्रो अवसर बन्न सक्ने सम्बद्ध पर्यटन व्यवसायीको भनाई छ । सन् २०१६ को पहिलो ६ महिनाको अवाधिमा नेपालमा पर्यटक आगमन १६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

यसैबीच अन्तर्राष्ट्रि पर्यटन दिवसका अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान कास्की शाखाले आज पर्यटकीय नगरी पोखरामा मिनी सडक महोत्सवको आयोजना गरेको छ ।

मङ्ल, अशोज ११, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...