सिमित मधेशी दलको माग पुरै मधेश होईन : नेपाल

१० असोज, काठमाडौं ।
पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सिमित दलको मागलाई समग्र मधेशीको मागका रुपमा व्याख्या गरिदा संबिधान कार्यान्वयन हुन नसकेको बताउनु भएको छ ।

प्रेस चौतारीको मधेस मामिला बिभागले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले केहि मधेशबादी दलले आफ्नो स्वार्थका लागी उठाएका माग मधेस र मधेसी जनताको हितमा नभएको दावी गर्नुभयो ।

‘सीमांकन हेरफेर, अंगीकृत नागरिकले राज्यका प्रमुख संवैधानिक पदमा जान पाउनुपर्छ भन्ने जस्ता मागहरु मधेसी समुदायका उहाले भन्नुभयो, केही मधेसवादी दलको मागलाई समुदायको मागमा रुपमा ब्याख्या गर्नु हुँदैन ।

केही मधेसवादी दल र मधेसको नाममा प्रोजेक्ट चलाउने केही बुद्धिजिवीले गलत ढंगले मधेसमा सामुदायिक बिद्वेष फैलाउन खोजेको भन्दै उहाले सचेत रहन आग्रह पनि गर्नुभयो । मधेसी जनता सधै एमालेको पक्षमा रहेको पनि उहाको भनाई छ ।

विवाह गरेर आउनेको हकमा पहिलो पुस्ताले अंगीकृत नागरिकता लिने प्रावधान सही रहेको भन्दै नेता नेपालले यसमा संशोधन गर्न खोज्नुको उद्देश्य गलत रहेको नेपालको दाबी छ ।

अंगीकृत नागरिकले राष्ट्रपति बन्न पाउनुपर्ने माग रहेको भन्दै उनले प्रश्न गर्नुभयो ‘कुनै नेपालीसँग बिहे गर्नुको उद्देश्य राष्ट्रपति वा प्रधानमन्त्री बन्नकै लागि हो ?

यस्तै कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय समस्या समाधानका लागि सबैले लचकता अपनाउनुपर्ने बताउनु भयो ।
राष्ट्रियताको मुद्दामा नझुकि बिबादित बिषयमा सहमतिको बिन्दु पहिल्याउनुपनमा जोड दिदै श्रेष्ठले बाहृय शक्तिले नेपालको संविधानमा डिक्टेट गर्न खोजे एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताउनु भयो ।

यस्त्ै एमाले सांसद लालबाबु यादवले संविधान मधेस पक्षीय रहे पनि मधेसवादी दलहरुले तराई मधेसमा आफ्नो चुनावी स्वार्थका लागि साम्प्रदायिक नारा उचालेको आरोप लगाउनु भयो ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...