सहमतीमै स्थानिय तहको निर्धारण हुन्छ : निधी


महोत्तरी , १० असोज ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकार राजनीतिक सहमतिमै स्थानिय निकायको संख्या निर्धारण गरि तोकिएकै मितिमा निर्वाचन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।
महोत्तरीको बर्दिबासमा आज आयोजित ‘सुशासनको सन्दर्भमा सेवा प्रवाह र सुधार’ विषयक अन्तक्रियामा बोल्दै निधीले सुशासनको आधारभूत जग नै स्थानीय निकाय भएकाले समयमै तीन तहकै निर्वाचन हुने बताउनु भयो ।

निर्वाचनको तयारि स्वरुप सरकारले आन्दोलनरत मधेशी मोर्चा तथा जनजातिका माग संबोधनका लागी संबिधान संसोधन गर्न लागेको उहाले बताउनु भयो ।

उपप्रधानमन्त्री निधिले प्रादेशिक सीमाङ्कन, भाषा, राष्ट्रिय सभाको गठन प्रक्रिया र अङ्गीकृत नागरिकताबारे संविधानमा थप स्पष्ट पार्न असन्तुष्ठ पक्षसँग छलफल पनि भईरहेको बताउनु भयो ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया