कृषि समितिको सभापति चयनका लागी शुक्रवार निर्वाचन


काठमाडौ १० असोज ।
ब्यावस्थापिका संसद अन्तरगतको कृषि तथा जलश्रोत समितिको सभापति चयनका लागी आगामी शुक्रवार निर्वाचन हुने भएको छ ।

सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शिर्ष नेता सम्मिलत बैठकले खालि रहेको कृषि समितिको सभापति पदका लागी शुक्रवार साझ ५ बजे निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि समिति सभापति रहेका काग्रेसका सांसद गगन थापा स्वास्थ्य मन्त्री भएपछि खालि रहेको स्थानमा निर्वाचन मार्फत पदपूर्ती गर्न लागीएको हो ।

जनार्दन शर्मा उर्जामन्त्री भएपछि खालि रहेको लेखा समितिको सभापतिमा भने दलहरुबीच सहमती हुन नसकेको सभामुखका प्रेस सल्लाहाकार बविन शर्माले जानकारी दिनुभयो ।

सो समितिको सभापतिका लागी आगामी बिहिवार पुन बैठक बसि दलहरुबी सहमतीको प्रयास गर्ने बैठकले निर्णय गरेको छ ।

संबिधानले निदृश्ठ गरेका महाअभियोग सम्बन्धि समिति र संबिधान कार्यान्वयन तथा अनुगमन निर्देशन समिति गठनका बिषयमा पनि अर्को बैठकमा नै छलफल हुने भएको छ ।

सभामुख घर्तीले आजको बैठकमा महाअभियोग सिफारिस सहित तीन समिति तत्काल गठन गर्ने प्रस्ताव राख्नुभएको थियो ।

यसबारे संसद सचिवालयले थप गृहकार्य गर्ने र आगामि बिहिवारको बैठकमा थप छलफल गर्ने सहमति भएको शर्माले बताउनु भयो ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया