मधेश समस्या समाधानका लागि काग्रेसले अग्रसरता लिन्छ : सिंह

काठमाडौ, १० असोज ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सहमति जुटाएर मधेसको समस्या तत्काल समाधान गर्न आफ्नो पार्टीले अग्रसरता लिने बताउनु भएको छ ।

रत्नराज्य स्कुलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबैको अपनत्व हुनेगरी संविधान संशोधन गर्न मुख्य दलहरुबीच छलफल केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो ।

संविधान कार्यन्वयनका लागि समयसीमा अत्यन्तै कम रहेकाले दलहरुले समयको चाप बुझ्दै अघि बढ्न नसके मुलुकमा राजनीतिक अन्योलता आउने जिकिर गर्नुभयो ।

14463725_10154532645412329_1023296334_n

सोहि अवसरमा एभरेस्ट बैंकले सामाजिक उतरदाहित्व अन्तरगत १० लाख खर्च गरि बिद्यालयलाई खानेपानीको व्यावस्था गरिदिएको छ । बैंकका अध्यक्ष बिके श्रेष्ठल बिद्याथीहरुको सहजताका लागी आफुहरुले शुद्ध खानेपानीको व्यावस्था गरिदिएको बताउनु भयो ।

बैकंको सहयोगमा अब बिद्यालयका करिव दुई हजार बिधार्थिले सुद्ध खाने पानी पिउन पाउने भएका छन् ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...