मुलुकभर रहेका मुख्य राजमार्गको स्तरउन्नती गर्ने प्रतिबद्धता

काठमाण्डौ ,१० असोज ।
भौतिक पूर्वाधार तथा यातायात व्यावस्था मन्त्री रमेश लेखकले मुलुकभर रहेका मुख्य राजमार्गको स्तरउन्नती गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सवारी दुर्घटना न्युनिकरणका लागी सरकार गम्भिर रहेको भन्दै प्रमुख राजमार्गगहरुको मर्मत सम्हार गर्ने बताउनु भएको हो ।

चितवनको दारेचोकमा पूर्व गृहमन्त्री माधव घिमिरेको खोजीकार्यको अवलोकन गर्न घटनास्थल पुग्नुभएका लेखकले सन्चारकर्मीसँगको कुराकानीमा सडकको दुराअवस्थाका कारण पनि सवारी दुर्घटना हुने गरेको बताउनु भयो ।

पहिलो संबिधानसभाको निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने घिमिरे वेपत्ता भएको २० घण्टा पुग्दा सम्म अज्ञात हुनु दुखद भएको भन्दै उहाले खोजीमा गम्भिर हुन पनि लेखकले निर्देशन दिनुभयो ।

घिमिरेको खोजीका लागी आवश्यक सबै उपकरण सरकारले उपलब्ध गराउने जनाउर्दै खोजी कार्य तिब्र बनाउन आग्रह गर्नुभयो ।

यसैबीच मन्त्री लेखकले आजै नारायणगड मुग्लीङ सडकखण्डको पनि अबलोकन गर्नुभएको छ । लामो समयदेखि सुधारको काम भएपनि बर्षाका कारणा बिभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी रहदा बिस्तार कार्य नै प्रभावित हुदै आएके छ ।

मन्त्री लेखक सहितको टोलीले निर्माणकार्य बारे जानकारी लिएको हो । उहाले दशै अगावै काम सक्न पनि निर्देशन दिनुभयो ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter