संसदीय समिति गठनबारे सभामुखले दलहरुसँग छलफल गर्दै

काठमाडौ १० असोज ।
सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद अन्तरगतका विभिन्न समिति गठन तथा सभापति चयनका विषयमा आज प्रमुख दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

त्यसका लागि प्रमुख तीन दलका शीर्ष नेता एवम् पार्टी मुख्य सचेतक सम्मिलित बैठक बोलाउनु भएको छ ।

बैठकमा गठन हुन नसकेका तीनवटा समिति र सभापति बिहीन दुईवटा समितिका बारेमा छलफल हुने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

महाअभियोग छनौट समिति, संविधान कार्यान्वयन तथा अनुगमन र निर्देशन समिति लगायत तीनवटा समिति गठन हुन बाँकी छ भने लेखा समिति र कृषी समिति सभापति बिहीन छन् ।

त्यस्तै सुनुवाई समितिमा एकजना सदस्य थप गर्नुपर्नेछ । लेखा समितिका सभापति जनार्दन शर्मा उर्जा मन्त्री र कृषि समितिका सभापति गगन थापा स्वास्थ्य मन्त्री बनेपछि दुवै समिति सभापति बिहीन भएका हुन् ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...