त्रिशुलीमा वेपत्ता भएके खोजी कार्य तिब्र , पूर्वमन्त्री घिमीरेलाई खोज्न प्रमको निर्देशन

काठमान्डौ ,असोज १० ।
हिजो साँझ त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित तीन जनाको आज बिहानैदेखि खोजी कार्य जारी राखिएको छ ।

दुर्घटना स्थलमा गएराति अबेरसम्म गाडीको खोजी गरिए पनि नभेटिएपछि आज विहानै बाट पुन खोजी कार्य सुरु गरिएको चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनु भएको छ ।

खोजीका लागि नेपाली सेनाको विपद् व्यवस्थापन गणको टोली, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ ।

घटनामा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको मृत्यु भएको छ भने गाडी चालक बिष्णु राईकोे जीवितै उद्धार गरिएको छ ।

मुग्लिनबाट काठमाडौं आउदै गरेको बा ९ च १५ ३१ नम्बरको स्कार्पियो कार हिजो साँझ घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

यसैविच प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएका पूर्वगृहमन्त्री घिमिरेको खोजी गर्न प्रशासनलाई निर्देशन दिनु भएको छ ।

बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिनु भएको हो । साथै दाहालले आफू यस घटनाले स्तब्ध भएको बताउनु भएको छ ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया