पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

काठमान्डौ ,असोज १० ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउसो २ बजे पछि बस्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा हिजोदेखि सुरु भएको बैठकमा भूकम्पपछिको पुनरनिर्माणमा भइरहेको प्रगति तथा त्यसको समिक्षा लगायतका विषयमा छलफल भइरहेको छ ।

यसअघि हिजोको बैठकमा पुनरनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशिल ज्ञवालीले प्राधिकरणको प्रगति विवरण आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा हिजो प्रस्तुत प्रतिवेदनमाथि थप छलफल हुने प्राधिकरणका प्रवत्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । बैठकमा सम्बन्धीत मन्त्रालयका सचिवहरुले समेत कार्यप्रगतिबारे प्रतिवेदन प्रस्तुत गरेको छ ।

मन्त्री परिषद बैठकले भूकम्पपछिको पुनरनिर्माण तथा सिइओ ज्ञवालीको कामप्रति असन्तुष्टी जनाएपछि निर्देशक समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले प्राधिकरणको प्रगति र आगामी ओजना तय गर्न बैठक बोलाउनु भएको हो ।

सोम, अशोज १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया