आलाप स्टुडियोको प्रस्तुतिमा “मनको पिर कसलाई पोख्न जाउ” (भिडियो सहित)

कमल सरगम
काठमाण्डौ -०९ 
आलाप स्टुडियोको प्रस्तुति चर्चित गायिका मुना थापा र मनोज बिश्वकर्माको आवाजमा सजिएको प्रमिला सुनुवारको लोक तथा दोहोरी गीत भर्खर  मात्र बजारमा आएको   एक वियोगान्त  हो | “मनको पिर कसलाई पोख्न जाउ” बोलको उक्त गीतमा  चर्चित नायिका रंजित गुरुङ र र झलक संगीतमले शसक्त अभिनय गरेका छ |

वर्षा लामा र पूर्णिमा लामाको शब्द र मनोज बिस्वकर्माको लय रहेको त्यस गीतमा सिबन पोखरेलले भिडियो निर्देशन गरेका हुन | वियोगान्त शैलीमा बनेको गीत र त्यसको म्यूजिक भिडियोले आम गीत संगीत प्रेमीहरुको मन छुने छ भन्छन निर्देशक सिबन पोखरेल |

मलेसियामा बसेर नोकरी गर्दै गीत संगीत सिर्जना गरि  चर्चाको सिखर उक्लिरहेका मनोज बिश्वकर्माले यो गीत मलेसियाकै स्टुडियोमा गीत गाएका हुन भने मुना थापाले आलाप स्टुडियोमा  गएकी हुन् | आशा छ यो गीत सबै लोक संगीतप्रेमीहारको मन मुटुको ढुकढुकीमा रहने छ |
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...