सरकार संविधान संशोधनको तयारीमा छ : मन्त्री निधी

काठमाण्डौ, ९ असोज ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रि विमलेन्द्र निधिले संविधान संशोधनपछि कार्यान्वयन गर्ने सन्दर्भमा तीन निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सबैको काँधमा भएको बताउनु भएके छ ।
जनकपुर आज आयोजित कार्यक्रममा उहाँले मुलुकमा अब आन्दोलन नभई संविधान संशोधन र कार्यान्वयनको आवश्यकता रहेको भन्दै सरकारले संविधान संशोधनको तयारी गरिरहेको बताउनुभयो ।

गृहमन्त्री निधिले सरकारको जनकपुरमा उच्च अदालतको स्थापना गर्ने निर्णयले जनकपुरलाई प्रदेशको राजधानी बन्ने सम्भावनाको ढोका खोलेकाले सो अनुरूप जनकपुरलाई मिथिला संस्कृतिको परिचायकका रूपमा प्रवद्र्धन गरिएमा सङ्घीयताको तात्विकता सिद्ध हुने धारणा समेत राख्नुभयो ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया