बिश्व पर्यटन दिवसमा साइकल ‍यात्रा गरिने 


धरान ,९ असोज ।
सबैका लागी पर्यटन भन्ने मुल नाराका साथ धराने युवाहरुको अगुवाईमा आउदो असोज ११ गते देखी १३ गते सम्म तिन दिने बृहत् साइकल ‍यात्राको आयोजना गरिने भएको छ ।
विश्व पर्यटन दिवसको अवसर पारेर सो साईकल यात्रा गर्न लागेको टक्स माउन्टेनका सञ्चालक तथा कार्यक्रमका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।

पुर्वको पर्यटनलाई प्रर्बधन गर्नै उद्देश्यले ‍सो यात्राको आयोजना गरिएको संयोजक केसीले जानकारी दिनुभयो ।

उनले विश्व साइकलयात्री पुष्कर शाह सहितको करिब १० जनाको टोली यात्रामा सहभागी हुने बताए जसमा दमकको दमक साईकल सिटि बाट सुमन लिङदेन,ईटहरीकी साकईल प्रेमी बिणु राई तथा धरान टक्स माउनटेन बाईकका सञ्चालक कृष्ण केसीको संयोकत्बमा ५ जना साईकल पारखि युवाहरु सहभागी हुनेछ ।
धरानबाट सुरु हुने सो यात्रा ईलामको कन्याम,नया“ बजार,जमुना,माबु, माईपोखरी,,ईलाम बजार,पाचथरको राके,रबी तथा लेख गाउ हुदै असोज १३ गते साईकल यात्रा टोली धरान आईपुग्ने केसीले जानकारी दिनुभयो ।
साईकल यात्रा टक्स माउनटेन बाईको आयोजना तथा मेची पहाडी पर्यटन प्रर्बधन बिकास समिति ईलाम र सांस्ृति तथा पर्यटन मन्त्रालयको सहयोगमा हुनेछ ।।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया