नेपाली संगीत र कलालाई विश्वमा फैलाउनु आवश्यक : प्रम

काठमाण्डौ ,९ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली संगीत र कलालाई विश्वमा फैलाउनु पर्नेमा जोड दिनुभएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नवौं प्राज्ञसभालाई आइतबार सम्बोधन गर्दै उहाले त्यसका लागी सरकारले सक्दो पहल गर्ने बताउनु भयो ।

प्रतिष्ठानका संरक्षक समेत रहनुभएका प्रधानमन्त्रीले राजदूतावासमा सैनिक एवं श्रम सहचारी रहे जस्तै गरी संगीत क्षेत्रका प्रतिनिधिलाई राख्ने पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

नेपाल र नेपालीको गौरवलाई विश्वमा चिनाउन संगीत एवं नाट्य क्षेत्र गतिशील हुनुपर्नेमा जोड दिदै त्यसका लागि संरक्षकका तवरबाट सक्दो पहल गर्ने बताउनु भयो ।

प्रतिष्ठानको प्रवद्र्धन र विकासका लागि आफ्नै भवन हुने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले छिट्टै पहल गरिने दाहालले बताउनुभयो ।

तराई, पहाड र हिमालभित्र रहेको विविधता र मौलिकतालाई जीवन्त एवं विश्वभर फैलाउने जिम्मा पाएको प्रतिष्ठानको भूमिकालाई अझै विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका कुलपति सरुभक्तले परिवर्तनको संवाहकका रुपमा रहेको नाट्य प्रज्ञा–प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि सहयोग गरिदिन माग गर्नुभयो ।

त्यस्तै उपकुलपति शम्भुजित बाँस्कोटाले विश्वका विभिन्न मुलुकमा सरकारीस्तरमा हुने भ्रमण टोलीमा संगीतकर्मीलाई पनि समावेश गराउन माग गर्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले प्रतिष्ठानको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बहुजातीय र बहुसांस्कृतिक मुलुकको समुन्नत संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका लागि प्रतिष्ठानले अन्तर्रा्ष्ट्रियस्तरमा अध्ययन अनुसन्धान गर्दै आएको जानकारी दिनुभयो ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter