बर्षका कारण तराई क्षेत्र प्रभावित

झापा ,९ असोज  ।
अत्यधिक बर्षाका कारण सुनसरी लगायत मध्य तराईको जनजीवन प्रभावित भएको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहा लगायतका जिल्लामा १० दिनदेखि परेको अबिरल वर्षाले सबैभन्दा बढी किसानलाई समस्या भएको छ ।

झरीका कारण खेतमा काट्नलाई तयार भएको धान काट्न नपाएको पशुपतिनगरका किसान भोला सिंहले बताउनुभयो । कतिपय किसानको खेतमा पानी निकासी हुने व्यवस्था नभएकाले झनै समस्या भएको सिंहको भनाइ छ ।
उता निरन्तर १२ घन्टाभन्दा लामो समयदेखि परेको वर्षाका कारण विराटनगर लगायत आसपासको क्षेत्र जलमग्न भएको छ।

विराटनगर उपमहानगरपालिकाका अधिकाशं भागमा डुवान भएको छ । देवकोटा चौक, विराटनगर बसपार्क, रोडशेष चौक पोखरिया,आयल निगम चौक,ठूलोमिल चोक, हस्पिटल चोक डुबानमा परेका छन् ।
साथै मेनरोड विराटनगर र कोशी राजमार्गको शिवमन्दिर नजिकै एनसेल सेन्टर अगाडि पानी जम्दा सवारी आवत जावतमा पनि कठिनाई भएको छ ।
विराटनगरमा पानीको उचित निकास नहुँदा वर्षेनी नगरबासीले हैरानी खेप्दै आएका छन ।
बर्षाका कारण मोरंगका उत्तरी भेगसमेत जलमग्न भएका छन् भने सिंघिया र केशलिया खोलामा बाढी आएको छ ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया