चिया कल्चरको विकास तथा विस्तार गर्न बि.जी. टि बार संचालित

काठमाण्डौ । 
बिगत ३० बर्षदेखि नेपालमा चियाको उत्पादन गरीरहेको कन्चन्जंगा टि इस्टेट प्रा.लि. नेपालको पहिलो अर्गा्निक सर्टिफाइड चिया पनि हो । यस कन्चन्जङगा टि इस्टेट प्रा.लि.को आधिकारी बिक्रेता बास्कोटा ग्रुप अफ इन्डट्रिज प्रा.लि द्धारा नेपाली बजारमा ग्रिन टि, ब्ल्याक टि तथा अन्य स्पेशल चियाहरु बजारमा ल्याएरहेको छ ।

यो कम्पनीले ललितपुरको झम्सिखेलमा नेपालकै पहिलो टि बार यानकि बि.जी. टि बार समेत संचालनमा ल्याएको छ । पछिल्लो समयमा नेपाली बजारमा ब्ल्याक टि तथा ग्रिन टी को प्रयोगकर्ता तथा उपभोक्ताको प्रतिक्रिया पनि राम्रो रहेको छ ।
नेपालमा हालको अवस्थामा अर्गानिक चियाको माग राम्रो नै छ । विश्व बजार नै अर्गानिक मय भइरहेको अवस्थामा नेपाली ग्राहकहरु पनि अर्गानिक चिया प्रति बढी आकर्षित हुन थालेका छन् । त्यसमा पनि स्वास्थका हिसाबले ग्रीन टी को बजारमा राम्रै माग छ ।

green-taबास्कोटा ग्रुपको छोटकरी बाट बि. जी टी बारको नामाकरण गरीएको यो बारमा १८ फ्लेबरका चिया चाख्न पाइन्छ । बारको सजावटमा बसेर चियाको चुस्की लिनुको मज्जा नै अर्को हुन्छ ।
बि.जी. टी बार खोल्नुको मुख्य उद्धेश्य नयाँ चिया पसलको अवधारण भित्राउने, यसलाई यस्तो थलो बनाउने जहाँ फरक –फरक किसिमका चिया चाख्न र हेर्न पाइने तथा हामी नेपालीको चिया खाने बानीलाई सुधार गर्दै नेपालमा चिया कल्चरको विस्तार गर्ने रहेको छ ।

बि.जी. टि बारमा आउने हरेक ग्राहकलाई थोरै भएता पनि चियाको बारेमा जानकारी बनाउने उद्धेश्य र स्वास्थ्यमा समेत राम्रो हुने भएकोले बि.जी. टि बारमा आउनेहरुको माया पाइरहेको बास्कोटा गु्रप अफ कम्पनीकि प्रबन्ध निर्देशक समिक्षा बास्कोटाले एग्रो टाइम्सलाई जानकारी गराइन ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया