पशुपंक्षि तथा बाली बिमाको प्रभावकारीता विषयक अन्तक्रियात्मक कार्यक्रम सम्पन्न

काठमाण्डौ ।
स्वाभिमानी किसान, संवृद्ध महासंघ भन्ने नारा सहित बिगत ५ बर्षदेखि कृषकको हक हितका लागि विभिन्न जानकारीमुलक कार्यक्रम तथा उनीहरुको समस्यालाई संबन्धित ठाँउमा पु¥याइरहेको राष्ट्रिय कृषक समुह महासंघ नेपाल काठमाडौँ जिल्ला एग्रो टाइम्स राष्टिय मासिक पत्रिका को सहकार्यमा नेपालमा पशुपंक्षी तथा बाली बिमाको प्रभावकारीता विषयक अन्तक्रियात्मक कार्यक्रम काठमाडौँको मिडिया इन्टरनेशनलमा सम्पन्न भएको छ ।

नेपालका अधिकांश जनता कृषिमा निर्भर हुनू आवश्यक सुचनाको अभावमा निर्वाहमुखी कृषि प्रणालीमा संलग्न जनताको सोचमा परिवर्तन ल्याई व्यवसायिक कृषितर्फ उन्मुख गराउन आवश्यक सुचनाको अभाव भएको र नेपालजस्तो विकासोन्मुख मुलुकमा कृषि बिमाको प्रभावकारी रुपमा अगाडि बढाउनको लागि यो कार्यक्रम गरीएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका पशुपंक्षी विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्राईले मन्त्रालयको तर्फबाट बिमा कार्यक्रमलाई थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेका राष्ट्रिय कृषक समुह महासंघ नेपालका केन्द्रिय अध्यक्ष उद्धव अधिकारीले बिमा कम्पनीहरु गाँउ–गाँउमा पुगि कृषकहरुलाई सहयोग गर्नुपर्ने कुरा प्रकट गरेका थिए । अधिकारीले कृषि विकास मन्त्रालयले जती बजेट छुट्याउदै गए पनि तल्लो स्तरका कृषकहरुकहाँ नपुगेका कुरा समेत जाहेर गरेका थिए ।

यस्तै विशिष्ट अतिथीको रुपमै रहेका बिमा समितीका सह निर्देशक कुन्धन सापकोटाले कृषि बिमा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको र आँफुहरुले कृषि विकास मन्त्रालय तथा बिमा कम्पनीहरुसँग सहकार्य गर्दै कसरी कृषकहरुलाई बिमाबाट लाभान्वित गराउन सकिन्छ र कृषकहरुलाई कसरी लाभान्वित गराउन सकिन्छ भन्ने कुरामा आँफु लागिरहेको कुरा राखेका थिए ।

कार्यक्रममा एन.एल.जी. इन्सोरेन्सका कृषि बिमा सयोजक दिपक पोख्रेलले बिमा कम्पनीहरु गाँउ–गाँउमा विस्तार हुदै गइरहको कुरा विश्वस्त गराएका थिए । कार्यक्रममा शिखर इन्सोरेन्सका सहायक महाप्रवन्धक उदित काफ्लेले बाली बिमामा मौसम सुचाङकका आधारमा बिमा कार्यक्रम अगाडि बढ्नु पर्ने औँल्याएका थिए ।

कार्यक्रममा कृषि तथा बाली बिमाको गराउन लागि परीरहेका १२ ओटा कम्पनीका प्रतिनिधीहरु उपस्थित भएका थिए । कार्यक्रम राष्ट्रिय कृषक समुह महासंघ नेपाल काठमाडौँ जिल्लाका अध्यक्ष शम्भु कार्कीको सभापतित्वमा भएको थियो । यस कार्यक्रम एग्रो टाइम्सका प्रवन्ध निर्देशक अशिम सापकोटाले संचालन गरेका थिए ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया