अख्तीयासँग लडाकु सिविरको भ्रष्टाचार छानविनमा भएको सहमतीबारे जानकारी गराउन माग

काठमाडौ ,९ असोज ।
ब्यावस्थापिका संसदमा बोल्ने अधिकाशं सांसदले लडाकु सिविरमा भएको भ्रष्टाचारको छानविन गर्ने बिषयमा अख्तियार प्रमुखसँग कुरा मिलेको अभिब्यत्तिकाबारे स्पष्ठ पार्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

संसदको शुन्य तथा विशेष समयमा बोल्दै सांसदहरुले सिविरको भ्रष्टाचारका बिषयमा छानबिनको तयारी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग के बिषयमा कुरा मिलेको हो भन्ने बिषयमा स्पष्ठ पार्न माग गरेका हुन् ।

बिशेष समय बोल्दै काग्रेसका सांसद रामकृष्ण यादवले भन्नुभयो ,अख्तीयारसँग प्रधानमन्त्रीले के सहमती गर्नुभयो सो को बिषयमा सदनलाई जानकारी गराईयोस् ।

यस्तै उहाले संबिधान घोषण भएको एकबर्ष सम्म पनि असन्तुष्ठ दल तथा समुहको माग संबोधन नहुनु दुखद भएको भन्दै यसबारेमा प्रश्ठ पार्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

एमाले सांसद पशुपति चौलागाईले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा सदनलाई अहिलेसम्म जानकारी नगराएको भन्दै भ्रमणका क्रममा भएका सहमती ,सम्झौता तथा उपलब्धीका बिषयमा तत्काल जानकारी गराउन माग गर्नुभयो ।

उहाले अख्तियार प्रमुख कार्कीलाई नियत्त गर्दाको सक्कल फाईल हरायो भन्ने सरकारले पुन सर्वोच्वलाई बुझाएको बिषयमा स्पष्ठ पार्न माग गर्नुभयो । चौलागाईले भन्नुभयो , सरकारले सुरुमा फाई हरायो भन्यो पछि फेरी बुझायो । कागजपत्र कता हराएका थिए अनी कसरी भेटिए भन्ने बिषयमा जानकारी गराउन माग गर्दछु ।

उहाले टिकापुर घटनाका दोसिको मुद्धा फिर्ता लिने चर्चा चलिरहेको भन्दै त्यसलाई पनि प्रष्ठयाउन माग गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद कर्णबहादुर बिकले दशै तिहारको अबसरमा उपत्यका बाहिर जाने यात्रुको सहजताका लागी अग्रिम टिकट बुकिङ खुल्ला गरिएपनि त्यसलाई ब्यवस्थित बनाउन नसकेको बताउनु भयो । उहाले अहिले नै घण्टौ लाईन बस्दा समेत टिकट नपाउने स्थिती रहेको भन्दै त्यसलाई व्यावस्थीत र सहज बनाउन आग्रह गर्नुभयो ।

बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले पनि अख्तियार र प्रधानमन्त्रीबीच भएको सहमती , भुकम्पपिडितले अझैसम्म अनुदान रकम नपाउनु तथा पुननिर्माणका काम नहुनाको कारणबाट सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए ।

सांसद रामहरी खतिवडा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने बिषय सन्चारमाध्यममा आएकोभन्दै त्यसबारे प्रष्ठ पार्न माग गर्नुभयो ।

सांसदहरु राज्यलक्षी श्रेष्ठ , राधाकृष्ण कडेल , रामकृष्ण घिमिले , रामअवतार पासवान लगायतले भुकम्प गएको बर्षदिन बितिसक्दा पनि पुननिर्माणका काम तदारुकताका साथ अघि नबढ्नु तथा पिडितले अनुदान र राहत नपाउनु दुखद भएके भन्दै त्यसलाई चाडो सम्पन्न गराउन पनि माग गरेका थिए ।

सिविरमा भएके भ्रष्टाचारका बिषयमा छानबिनका लागी सम्बन्धीत सबैलाई बोलाएर छलफल गर्ने अख्तियारको तयारी पछि प्रधानमन्त्रीले अख्तियार प्रमुखसँग सो बिषयमा सहमती भएको अभिब्यत्ति दिनुभएके थियो ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया