दसैँका लागि आजबाट बैंकहरुलाई नयाँ नोट वितरण

काठमाडौं, ९ असोज ।
नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि बैंकहरुलाई नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंकबाट नयाँ नोट लगेपछि बैंकहरुले सर्वसाधारणलाई सटहीको सेवा दिने छन् ।
राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयबाट र उपत्यकाबाहिरका कार्यालयहरुबाट नै नोट सटही गर्ने छन् । कारोबार समयमा प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्मको नोट सर्वसाधारणले साट्न पाउने छन् ।
गत वर्ष प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्मको नोट सटही सुविधा दिइएको थियो ।

 

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया