सप्तकोशीमा पानीको बहाव उच्च, रातो बत्ति बालियो

काठमान्डौ ९ असोज ।
सप्तकोशी नदीमा फेरि पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो ।

पानीको बहाव बढेपछि नदीमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ । आज बिहान ७ बजे गरिएको मापन अनुसार पानीको बहाव १ लाख ९० हजार ५ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिनु भयो ।

अहिले कोशी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खोलिएका छन् । पानी १ लाख ५० हजार क्युसेकभन्दा माथि गएपछि व्यारेजमा खतरा स्वरुप रातो बत्ति बाल्ने गरिएको छ ।

यो बर्ष सप्तकोशी नदीका पानीको बहाव बढेर २ लाख ८४ हजार सात सय १० क्युसेकसम्म पुगेको थियो ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter