माओवादी पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौ ९ असोज ।
माओवादी केन्द्रको सचिवालयको बैठक आज बस्दै छ । बैठक अपरान्न तीन बजेपछि पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यलयमा बस्ने छ ।

बैठकमा सरकारको काम कारबाही पार्टीको संगठनात्मक सुधार लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

यसैविच सचिवालय बैठकको कार्यसूचिलाई अन्तिम रुप दिन विहान केन्दिंय कार्यालयको बैठक बसेको थियो । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकमा सचिवालय बैठक बस्नु अगाडि पार्टीको सांगठनिक संरचना तथा पार्टी केन्द्रिय सदस्य घटाउने विषयमा छलफल भएको थियो ।

पार्टी अध्यक्ष दाहालले २५ सय सदस्यीय जम्बो केन्द्रिय समिति घटाउन प्रस्ताव केन्दिय कार्यालयको बैठकमा गर्नुभएको थियो ।

केन्द्र प्रदेशदेखि जिल्ला तहसम्म नै पार्टी संरचना ठूलो भएर दैनिक कार्य सम्पादनमा समस्या देखिएपछि माओवादीले सदस्य संख्य घटाउने तयारी गरेको हो ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter