प्रधानमन्त्रीले सरकारका सचिवहरुसँग छलफल गर्र्दै

काठमाडौ ९ असोज ।
सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन भन्दै आफूले दिएको २८ बुँदे निर्देशन कार्यन्वयनको अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आज सरकारका सचिवहरुसँग छलफल गर्दै हुनुहन्छ ।

दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री दाहालले निर्देशन कार्यन्वयनबारे भइरहेको प्रगति विवरण सम्बन्धीत मन्त्रालयका सचिवहरुसँग माग गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।

सचिवहरुलाई दिएको २८ बुँदे निर्देशनको कार्यन्वयन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री दाहालले त्यसको समिक्षा गर्न बैठक बोलाउनु भएको हो ।

खासगरी सबै भूकमप पिडितहरुलाई ४५ दिनभित्र अनुदान दिन र बढ्दो कालो बजारी र महंगी नियन्त्रण जस्ता जनताको दैनिकीसँग जोडिएका विषयमा तत्काल अनुभुती हुने गरी काम गर्न निर्देशन दिएपनि कार्यन्वयन फितलो भएको भन्दै प्रधानमन्त्री असन्तुष्ट बनेको उहाँका सहयोगीहरुले बताएका छन् ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...