संसदमा आज विभिन्न मन्त्रालयगत विधेयक प्रस्तुत हुने

काठमाडौ ९ असोज ।
व्यबस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा केहि वेर पछि सुरु हसने बैठकमा विभिन्न मन्त्रालयगत प्रस्ताव पेश गर्ने कार्यसूचि छ । आजको बैठकमा शिक्षामन्त्री धनीराम पौडेलले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी बिद्येयक पेश गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले श्रम बिद्येयक २०७२, सामाजिक सुरक्षा बिद्येयक २०७२ एवम् भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन ऐन २०७२ लाई दफावार छलफलका लागी पेश गर्ने कार्यसूचि छ ।

उक्त बिद्येयकमाथी परेको संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयका सहयक प्रवत्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो । बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न भन्दै सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न दोस्रो संशोधन बिद्येयक संसदमा ल्याउन लागेको हो ।

संसदबाट सो बिद्येयक पारित भए यातायात क्षेत्रमा देखिएका बिकृति नियन्त्रणका लागी सरकारलाई ठोस आधार हुने सरोकारवालाको भनाई छ । यद्यपी यातायात व्यवसायीहरुले भने सरकारले ल्याएको बिद्येयकप्रति आपत्ति जनाएका छन् ।

यस्तै आजको बैठकमा भुमिगत जलस्रोत र सिंचाई सम्बन्धि बिद्येयक पनि प्रस्तुत गर्ने कार्यसुचि छ ।

आइत, अशोज ९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया