माओवादी केन्द्रको बैठक स्थगित

काठमाण्डौ, ८ असोज

संगठनात्मक विषयमा निर्णय लिन बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक आइतबार पुन बस्ने गरी स्थगित गरिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा संगठनात्मक विषयमा छलफल भएको थियो ।

यस्तै व्यवस्थापनबारे महत्वपूर्ण निर्णय लिने बताईएपनि सोबारे आजको बैठकमा कुनै निर्णय हुन नसकेको माओवादीले जनाएको छ ।

एजेण्डामाथि छलफल जारी रहेकाले बैठक आइतबार पुन बस्ने गरी स्थगित गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया