बाबुरामले देखाए संबिधान कार्यान्वयनमा चुनौतिको चाङ

८ असोज, काठमाडौं ।

नयाँ शक्ति नेपालले हुर्कंदो जातीय तथा क्षेत्रीय असमझदारी नयाँ संविधानको मुख्य चुनौती भएको बताएको छ ।

राजधानीमा आज आयोजित ‘संविधानका अवसर, चुनौती र भावी कार्यदिशा ’ सम्वन्धी कार्यक्रममा नयाँ शक्तिले पहाडमा हुर्कंदो र मधेसमा फैलँदो अतिवाद संविधानको मुख्य चुनौती भएको बताएको हो ।

छलफलमा प्रस्तुत कार्यपत्रमा भनिएको छ, ‘हामी अन्धराष्ट्रवादको यस्तो शृंखलामा प्रवेश गर्दैछौं, जसले न त संविधानको आलोचना स्वीकार गर्छ न त बहुलता र बहुस्वार्थहरुलाई नै बुझ्दछ ।’

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुजातीय भएको र यसलाई संघीयताको प्रवन्धनमा अझ धेरै विचार गर्न आवश्यक रहेको भन्दै त्यसलाई बिभिन्न कोणबाट निषेध गर्ने प्रवृत्तिको विकास भएको जनाईएको छ ।

संविधानका अन्य चुनौतीहरुमा संविधानमा उल्लेख भएका कतिपय सन्दर्भहरु बहुअर्थी रहेको, संविधानमा समय र संख्या तोकेरै कतिपय योजनाहरु गरिएको ,राजनीतिक नेतृत्वमा कानुनको शासन र संविधान प्रतिको सम्मान नहुनु रहेका छन् ।

यसैगरी संविधानले परिलक्षित गरेका अधिकारहरुको कार्यान्वयन गर्नु , संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्यलाई व्यावहारमा उतार्नु , सरकारको स्वरुप, शासकीय स्वरुपमा संविधानमा कुनै परिवर्तन नहुनु र संविधानको भावना अनुसार दलहरुको पुनर्संरचना गर्नु पनि चुनौतिका रुपमा देखिाईएके छ ।

संविधानमाथिका असन्तुष्टिहरुको सम्वोधन र संविधान संशोधन सहित चार शत पूरा गर्नु गरेमात्रै संबिधान कार्यान्वयन हुने पनि नयाँ शक्ति नेपालले जनाएको छ ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter