अहिलेको तयारीले निर्वाचन सम्भव छैन : उप्रेती

पर्वत ,८ असोज ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा तीनै निकायको निर्वाचन सम्भव नभएको धारणा राख्नुभएको छ ।

पर्वतको कुश्मा पुग्नुभएका उप्रेतीले आज सञ्चारकर्मीसँग कुरा गर्दै अहिलेकै गतिको तयारीले कुनै पनि निर्वाचन समयमै हुन नसक्ने बताउनु भयो ।

राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको आरोप लगाउँदै उहाले बाँकी १६ महिनाभित्र तीनवटै चुनाव गर्न सकिने भएकाले अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।
उप्रेतीले दुई दशकदेखि हुन नसेकेको स्थानीय निकायको निर्वाचन जति सक्दो चाँडो गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा उहाको जाडे छ ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...