भूमिराज र कान्छिले जिते काठमाडौं म्याराथन दशौं संस्करणको उपाधि

काठमाण्डौ ,८ असोज ।

काठमाडौं म्याराथनको दशौं संस्करणको उपाधि नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले जितेका छन् ।

नेपाली भूमिमा भएको म्याराथनमा भूमिराजले २ घण्टा २० मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधी जितेका छन् । उनले वैकुण्ठको नाममा रहेको किर्तीमान भने तोड्न सकेनन् ।

भारतमा भएको तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुदमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका वैकुण्ठ मानन्धरको नाममा पुरुष म्याराथनकोे राष्ट्रिय कीर्तिमान रहेको छ । यो कीर्तिमान दक्षिण एसियाली खेलकुदमा अहिलेसम्म वैकुण्ठकै नाममा कायमै छ ।

भूमिको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं रोड रनर्स क्लब अल्मुनाईका सल्लाहकार एवं स्प्रिन्टमा सहभागी हुने पहिलो नेपाली ओलम्पियन रघुराज वन्त र काठमाडौं म्याराथनका मुख्य योजनाकार निलेन्द्रराज श्रेष्ठले छुट्टै १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

नेपाल आर्मीका कृष्ण बस्नेत २ घण्टा २१ मिनेट ४६ सेकेन्डको टाइमिङसहित दोश्रो तथा राजन खत्री २ घण्टा २९ मिनेट २२ सेकेन्डका साथमा तेश्रो भए ।

उता महिला म्याराथनमा कान्छीले निधर्धारित दूरी २ घण्टा ५५ मिनेट ५७ सेकेन्ड समयमा दौड पूरा गर्दै नया राष्ट्रिय कीर्तिमान स्थापित गरेकी छिन् ।
सिकागो म्याराथन– २०१३ मा अमेरिकाको न्युयोर्कमा बस्दै आएकी स्वरुपा खड्काले बनाएको २ घण्टा ५७ मिनेट १० सेकेन्डको कीर्तिमान कान्छीले तोडेकी हुन् ।

राष्ट्रिय कीर्तिमान वापत कान्छीलाई रोड रनर्स अल्मुनाईले छुट्टै ५० हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । प्रो स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा दोस्रो भएकी आर्मीकी सरिता वासीले ३ घण्टा १९ मिनेट ५२ सेकेन्मा दौड पुरा गरिन् ।
३ घण्टा ४४ मिनेट १४ सेकेन्डमा दुरी पुरा गरेकी लालकुमारी घर्तीले तेस्रो स्थान प्राप्त गरिन् ।

हात पारिन् । म्याराथन विजेताले ५० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १५ हजार नगद पुरस्कार पाउने छन् ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार