खेलकुदमा राजनीति भित्राउनु गलत :  शर्मा

भक्तपुर, ८ असोज ।
उर्जा मन्त्री जनार्दन शर्माले खेलकुदमा राजनीति भित्राउनु गलत भएको बताउनु भएको छ ।
मध्यपुरमा आज आयोजित एक दिने प्रथम सितेरियो सोबुकान खुल्ला राष्ट्रब्यापी कराते प्रतियोगिताको उद्घाटनमा बोल्दै शर्माले खेलकुदमा राजनीति गर्दा खेल क्षेत्रको बिकासमा अबरोध पुग्ने बताउनु भएको हो ।
उहाँले खेलकुद मार्फत भक्तपुर जिल्लाको पर्यटनमा समेत बिकास गर्न सकिने बताउनु भयो ।
सरकारसँग समस्या नै समस्या रहेको भन्दै पुनर्निर्माणको काममा खेलाडीहरुको समेत सहभागिता रहे उत्तम हुने भन्दै स्थानिय तहको निर्वाचनका सवालमा समस्या समाधान गर्दै सरकार अघि बढेको उहाँले बताउनु भयो ।
karate
उपत्यका लगायत बिभिन्न आठ जिल्लाका एक सय असी भन्दा बढी खेलाडी सहभागी रहेको खेलमा बिभिन्न बिधामा प्रतिस्पर्धा भएको आयोजक तथा रेफ्रि सजन श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार

Like us On Facebook

Follow Us On Twitter