
काठमाण्डौ ,८ असोज ।
चन्दा संकलनका क्रममा पक्राउ परेका वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका चार नेता कार्यकर्तालाई प्रहरी आज रिहा छ ।
पूर्व सांसद शिवलाम यादव , राम नेपाली , महेश श्रेष्ठ , दिपेन्द्र सुनुवारलाई आज छोडेको हो । प्रहरीले चारै जनालाई कमलपोखरी स्थित प्रहरी वृत्तमा राखेको थियो ।भोली अदालतमा हाजिर हुने सहमती अनुसर छोडिएको जनाईएको छ । प्रहरी हिरासतमै अनशन बसेका उनीहरुको समर्थनमा बिभिन्न मानव अधिकार संघ संगठनले पनि तत्काल रिहाईको माग गरेका थिए ।
क्रान्तिकारी माअोवादीले पनि हिजो उनीहरुको रिहाईको माग गर्दै एक घण्टा शान्तिपुर्ण बिरोध प्रदर्शन गरेको थियो ।
जबरजस्ती चन्दा संकलन गरेको भन्दै पक्राउ परेका चारै जनाबिरुद्ध जिल्ला अदालत काठमाण्ठडौमा मुद्धा दर्ता गराएको छ । अदालतमा मुद्धा दर्ता भईसकेपछि आज रहस्यमयी तरिकाले उनीहरुलाई प्रहरीले छाडेको छ ।
जबरजस्ती चन्दा लिएको सावित नभएकोले अदालतमा उपस्थित हुने सर्तमा हिरासत मुत्त गरिएको प्रहरी स्रोतको भनाई छ ।
यसैबीच क्रान्तिकारी माओवादीले पूर्वसांसद यादव सहितका नेता कार्यकर्तालाई शान्तिवाटिकामा एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।
शनि, अशोज ८, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको