सभामुख घर्ती स्वदेश फर्किदै


काठमाडौ ८ असोज ।
साताव्यापी चीन भ्रमण सकेर सभामुख ओनसरी घर्ती आज स्वदेश फर्किदै हुनुहन्छ ।

चीनको गोन्जाओ प्रान्तमा सिल्क रोड सम्बन्धी कार्यक्रममा सहभागी हुन सभामुख घर्ती आठ सदस्यीय टोलीको नेतृत्व गर्दै असोज २ गते चीन जानु भएको थियो ।

भ्रमणका क्रममा उहाँले चीनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरुसँग भेटवार्ता समेत गर्नुभएको थियो ।

सभामुख घर्ती अपरान्न ३ बजे काठमाडौ आइपुग्ने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया