दसैंको उत्तम साइत असोज २५ गते बिहान ८ बजेर ४५ मिनेटमा

काठमाडौ ८ असोज ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको उत्तम साइत आगामी असोज २५ गते बिहान पौने ९ बजे रहेको जनाएको छ ।

नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमका अनुसार बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको छ ।

उत्तम साइत पौने ९ बजे भनेपनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने गौतमले बताउनुभयो ।

आउँदो असोज १५ गते घटस्थापना सुरु भई २५ गते विजया दशमी र २९ गते कोजाग्रत पूर्णिमाका दिन यस वर्षको दसैँ सकिनेछ ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...