पाल्पामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौ ८ असोज ।
पाल्पाको चर्चरेमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य एक जना गम्भिर घाइते छन् ।

बा १४ च ९३६४ नम्बरको कार बुटवल–पाल्पा सडकखण्डको चर्चरेमा दुर्घटना हुँदा गुल्मी तम्घासका ५५ वर्षिय रामप्रसाद पन्थ र ४७ वर्षीय कृष्ण भण्डारीको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा कार चालक तम्घास–२ का ५८ वर्षीय देवीराम पन्थी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका उनको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि आज बिहानै भरतपुर रिफर गरिएको अस्पतालले जनाएको छ ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter