जितीया पर्वको आज समापन गरिदै

काठमाडौ ,८ असोज ।
विपत् तथा सन्तान रक्षाका लागि तराईवासी महिलाहरुले मनाउने जितिया पर्व आज सकिदैछ ।

आज विहान सूर्योदयसँगै घर–आँगन लिपपोत गरि चोख्याएर नदीमा स्नान गरि सम्पूर्ण पुजन सामग्री बगाए फकर्ने गर्दछन् ।

यसपछि पूर्ण रूपले उपवास बसेकी व्रतालुले घर फर्केर आँगनमा उसैगरी विधिवत् पूजा गरि अन्न ग्रहण गरेपछि यो पर्व सकिन्छ ।

विवाहित नारीले दुख, जोखिम, विपत र दुर्घटनाबाट छोराछोरीको रक्षा होस् भन्ने कामनाका साथ व्रत बस्ने चलन छ ।

विशेषगरी थारु समुदायले मनाउने गरे पनि पछिल्लो समय तराईका अन्य समुदायले पनि यो पर्व मनाउने गर्दछन् ।

धार्मिक कथाअनुरूप यस पर्वमा सूर्यपुत्र जितमहानको पूजा गर्दै उपवास बसिन्छ । तीन दिन सम्म मनाई जितिया पर्वको पहिलो दिन व्रतालुले नदी, पोखरी वा इनारमा रातो माटो र पिनाले नुहाएर चोखिएपछि घिरौंलाको पातमा घिरौंलाको फूल, माटो र पिना चढाएर पुजा गरेका थिए ।

दोस्रो दिन हिजो झिसेमिसे बिहानीमा घरभित्रै सूर्यपुत्रलाई पूजा गर्दै फलफूल, मिष्ठान्न, खीर र पुरीको भोग लगाएर ब्रत बसका महिलाहरुले आज व्रत समापन गरेसँग यो पर्व समाप्त हुन्छ ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter