एमाले केन्द्रिय समिति बैठक आज पनि जारी

काठमाण्डौ ,८ असोज ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रिय कमिटि बैठक आज पनि बस्दै छ ।

पार्टी कार्यलय धुम्बाराहिमा दिउसो बस्ने बैठकमा अध्यक्ष केपि शर्मा ओलीले आफ्नो राजनितिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

अध्यक्षको प्रतिवेदनमाथि नौ वटा समुह बनाई गरिएको छलफलको निश्कर्ष टोली नेताले प्रस्तुत गर्ने क्रम हिजो सकिएकाले आज अध्यक्षले उठेका प्रश्नको जवाफ दिन लाग्नुभएको हो ।

राजनितिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरुले पार्टी सशक्तीकरणका लागी नेतृत्व पङक्ति एक हुन नेतृत्वलाई सुझाव दिएका थिए ।

साथै सरकारले दण्डहिनतालाई प्रश्य दिने देशमा शान्तिसुरक्षा कायम राख्नुपर्ने निकायको मनोवल घटाउने तथा एमाले मधेश बिरोधी रहेको भ्रम फैलाउने काम गरेको भन्दै त्यसतर्फ सचेत बन्न ध्यानाकर्ष गराउदै मधेश केन्द्रित अभियान सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

संबिधान कार्यान्वयनका लागी जनपरिचालन अभियान चलाउन पनि उनीह्रुको आग्रह छ ।
केन्द्रिय समिति बैठक तीन दिनमा सकिने जनाएको एमालेले अध्यक्षको राजनितिक प्रतिवेदनमाथि सदस्यले धारणा राख्ने क्रम नसकिएपछि लम्बिएको हो ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...