इम्जा हिमतालको पानी आजबाट निकास गरिदै

सोलु , ८ असोज ।

सोलुखुम्बुस्थित इम्जा हिमतालको पानी आजबाट बाहिर फालिदैछ । आजदेखि अगामी असोज १५ गतेसम्म पानीको नियमित निकास हुने छ ।

नेपाली सेनाले निर्माण गरेको डाईभर्सनबाट हिमतालको पानी बाहिर निकासा गर्न लागीको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले बताउनु भयो ।

पानी तालबाट बाहिर फाल्दा दुधकोसी नदीको तल्लो तटिय क्षेत्रमा हुन सक्ने नोक्सानीतर्फ सचेत रहन पनि विभागले आग्रह गरेको छ ।

हिमताल फुट्ने जोखिम बढेपछि जोखिम न्युनिकरणका लागी तालबाट ४० लाख घनमिटर पानी बाहिर निकालिने शर्माले बताउनु भयो ।

इम्जाबाट एक सातासम्म पानीको निकास गर्ने कार्य जारी रहने भएकाले दुधकोसी नदीको तटिय क्षेत्र आसपास र सोलुखुम्बुको छुकुङदेखि जुभिङसम्मका बासिन्दाले सतर्कता अपनाउनुपर्ने छ ।

शनि, अशोज ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया