टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

दमौली, असोज ७ ।

जुम्ला र तँनहुमा भएको सवारी दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ ।

जुम्ला सिंजाको गोठिज्यूलादेखि मुगु रारा जाँदै गरेको को १ च ३० ९९ नम्बरको पिकप भ्यान कनकासुन्दरीमा दुर्घटना हुदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइत भएका छन् ।

मृत्यु हुनेमा सिङजाका पाण्डपगुफा ८ का दलसिङ भण्डारी र पाण्डपगुफा ९ का तिलक पाठकको मृत्यु भएके छ ।

उता तनहुँको जामुने गाविस–७ धएरेमा अपराह्न टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखराबाट दमौली आउँदै गरेको ग१प ८७४३ नम्बरको मोटरसाइकललाई दमौलीबाट पोखरा जाँदै गरेको टिप्परले ठक्कर दिँदा मनपाङ–१ का ढालबहादुर शाही र अर्का एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...