२९ जनाको ज्इान जोगाएका युवाको सम्मान


गत शनिवार सप्तकोशी नदीमा भएको डुंगा दुर्घटनाका क्रममा २९ जना यात्रुको उद्यार गर्न सफल स्थानीय ५ युवालाई सुनसरी प्रशासनले सम्मान गरेको छ ।
नदीमा दाउरा लिएर फर्कने क्रममा यात्रु सवार डुंगा डुबेको देखेपछि स्थानीय ५ जना युवाले बहादुरीका साथ २९ जनाको ज्यान जोगाएका थिए
सम्मानित हुनेहरुमा महेन्द्रनगर ९ का अमृत खड्का, सोही स्थानका रामचन्द्र झा, रोजन राई, नेपाल कविरथ र प्रकाशपुर ३ का बाबुराम चन्द्रवंशी रहेका छन् ।
आफूहरुले ज्यानको जोखिम मोलेर आपत्तमा परेकाहरुलाई उद्धार गरेको उद्धारकर्तामध्येका अमृत खडकाले बताउनुभयो ।

युवाहरुको साहसीक कामको सह्राना गर्दै राम्रो कामको जहिल्यै प्रशासनले प्रशंसा गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताउनुभयो ।

विपदमा परेकाहरुलाई बहादुरी पूर्ण कार्य गरी जीवितै उद्यार गर्न सफल भएका युवाहरुको कार्य प्रशंशनिय र सराहनिय रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जनही नगद ३ हजार सहित प्रशंशा पत्र दिएर सम्मान गर्नु भएको हो ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया