जनपरिचालन अभियानलाई प्रभावकारी बनाउन एमाले नेतृत्वलाई सुझाव

काठमाण्डौ ,७ असोज ।

एमाले नेताहरुले संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानलाई प्रभावकारी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

एमालेको जारी केन्द्रीय समिति बैठकमा अध्यक्षको राजनितिक प्रतिवेदनमाथि धारणा राख्दै संविधान कार्यान्वयनका लागि पार्टीले विशेष ध्यान दिनुपर्ने र त्यसका लागि जनपरिचालन अभियानलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका हुन् ।

अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले सुझाव दिनेक्रम सकिएको छ । नौवटा टोली बनाएर प्रतिवेदनमाथि छलफल चलाइएको थियो ।

टोली नेताले आज धारणा राख्दै ओली नेतृत्वको सरकारले गरेका कामकारवाहीको प्रसंशा पनि गरेका छन् । तर पाटीभित्रको गुटबन्दी अन्त्यका लागि भने शीर्ष नेताहरुकै विशेष भूमिका हुनुपर्ने उनीहरुको सुझाव छ ।

बैठकपछि एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले पार्टी्भित्र मिलेर जानुपर्ने, संविधान कार्यान्वयनका लागि प्रतिपक्षबाट सशक्त आवाज उठाउनुपर्ने लगायतका सुझाव आएको बताउनु भयो ।

अध्यक्ष ओलीले सरकारमा हुँदा गरेका काम, पार्टीको भूमिका र आगामी कार्यभार लगायतका विषयमा ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुभएके थियो ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter