११ राजनीतिक दलको दल दर्ता खारेज, ८२ दललाई जरिवाना

काठमाडौं, असोज ७ ।

निर्वाचन आयोगले ११ राजनीतिक दलको दल दर्तासमेत खारेज गरेको छ । आयव्ययको वार्षिक प्रतिवेदन तथा भनाइसमेत पेस नगर्ने ११ दलको दल दर्ता खारेज भएका हुन् ।

यस्तै आयव्ययको वार्षिक प्रतिवेदन आयोग समक्ष पेस नगर्ने ८२ दललाई रु १०० जरिवाना गर्दै आगामी दिनमा निर्धा्रित् ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत गराएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०५८ अनुसार आयोगले सो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

खारेज भएका दलमा नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, तराई मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना पार्टी, नवजनवादी पार्टी, नेकपा (माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसंघ पार्टी, नेपाल दलित श्रमिक मोर्चा र नेकपा (एकीकृत) छन् ।

आयोगले रु १०० जरिवाना गरेका राजनीतिक दललाई ३५ दिनभित्र बुझाउन आयोगले विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter