अख्तियार प्रमुख कार्कीको हराएको फाईल सर्वोच्व पुग्यो

काठमाण्डौ ,७ असोज ।
अख्तियारको प्रमुख आयुक्तमा लोकमानसिहं कार्कीलाई नियुक्त गर्दाको सक्कल फाइल सर्वोच्व अदालतमा पेश भएको छ ।

यसअघि भुकम्पका कारण कार्की नियुक्त हुँदाको फाइल हराएको भन्ने जवाफ दिएको सरकारले आज सक्कल कागजपत्र सर्वोच्वमा बुझाएको हो ।
फाइल पेश भएसंगै कार्कीको नियुक्ती प्रक्रिया कानुन सम्मत रहे नरहेको बिषयमा बहस सुरु हुनेछ ।

सरकारले यसअघि दिएको जवाफलाई सर्वोच्चले गैर जिम्मेवारीपुर्ण भन्दै फाइल ७ दिन भित्र पेश नगरे कारबाही हुने चेतावनी दिएको थियो ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती कानुन सम्मत नभएको भन्दै दायर गरेको रिटमा गत शुक्रबार प्रधानन्यायाधीश सुशिला कार्की तथा न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको पुर्ण इजलाशले पुनरावलोकनका लागि निस्सा हुने आदेश समेत सुनाएको थियो ।

यसअघि, सर्वोच्चले कार्कीको नियुक्ती कानुनसम्मत भएको भन्दै रिट निवेदन खारेज गरेपनि अधिवक्ता अर्यालले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिनु भएको थियो ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...