मेलम्ची आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


काठमाण्डौ ,७ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनाको कामलाई तिब्रता दिन सम्बन्धीत निकाययलाई निर्देशन दिनुभएको छ ।

सिन्धुपाल्चोकमा रहेको आयोजनाको आज स्थलगत निरिक्षण गरि प्रधानमन्त्री दाहालले आयोजनाको काम निक्के सुस्त गतिमा अघि बढेकोप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो ।

आयोजना निर्माणको काम प्राथिमकताका साथ द्रुत गतिमा अघि बढाउन निर्देशन दिदै उहाले निर्देशन पालना भए नभएको बिषयमा अनुगमन समेत गर्ने बताउनु भयो ।

आयोजनाक प्रभावित क्षेत्रका स्थानीय सँग अन्तरक्रिया गर्नुभएका उहाले तोकिएको समयभित्र काम सक्न आग्रह समेत गर्नुभएको थियो ।

आयोजना निरीक्षणका लागि मध्यान्ह सो क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत् जानकारी गराउनु भएको थियो ।भट्टराइले हालसम्म आयोजनाको २० किलोमिटर सुरुङ खन्ने काम पुरा भएको भन्दै अब ७ किलोमिटर मात्रै बाँकी रहेको बताउनुभयो ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममा भइरहेको ढिलाईकाबारे गुनासो बढिरहदा  प्रधानमन्त्री दाहाल सहितको टोलीे निरिक्षणमा पुगेको हो । एसियाली विकास बैंक एडीबीको मुख्य लगानीमा निर्माण भईरहेको आयोजनाको निर्माण ईटालियन कम्पनीले गर्दै आएको छ ।

सम्झौता अनुसार उसले यसै बर्षभित्र आयोजना निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेछ । १५ बर्ष अघि निर्माण शुरु भएको मेलम्ची खानेपानी आयोजनाको लागत पछिल्लो पटक २३ अर्ब रुपैयाँ पुगेको छ ।

सो अवसरमा कामु मुख्यसचिव टंकमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया