परराष्ट्रमन्त्री र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमान्डौ ७ असोज ।
संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच अमेरिकामा भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध एवम् आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । सो क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको आगामी १९ आँै शिखर सम्मेलनका बारेमा समेत छलफल भएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिनुभयो ।

यस्तै पाकिस्तानमा आयोजना हुने सार्कको आगामी शिखर सम्मेलनका लागि भइरहेका काम एवम् द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । प्रधानमन्त्री सरिफले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको सफल कार्यकालको कामनासमेत गर्नुभएको थियो ।

त्यस्तै भेटवार्तामा द्विपक्षीय आर्थिक तथा अन्य चासोका विषयमा समेत दुबै मुलुक मिलेर काम गर्ने विषयमा महत्वपूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter