मनास्लु पदमार्गमा पहिरोमा परि मृत्यु भएका तीन जनाको शव काठमाण्डौ ल्याईयो

काठमाण्डौ , ७ असोज ।
मनास्लु पदमार्गको केरौंजा ९ दोभानमा पहिरोमा पुरिएका मृत्यु भएका तीन जनाको शव आज बिहान निकालिएको छ ।

पहिरोबाट निकालिएको एक विदेशी सहित दुई नेपाली पर्यटक गाईडको शव हेलिकप्टरबाट काठमाडा ल्याईएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनु भयो ।उनीहरुको शव टिचिङ अस्पतालमा राखिएको छ ।

स्पेनिस नागरिक ६६ वर्षीय एडलफो मेनुएल रिपसहित काठमाडौं गोकर्ण बस्ने ३५ वर्षीय दोर्जे लामा र ३० वर्षीया छिरी शेर्पाको शवको २४ घण्टापछि प्रहरी टोलीले घटनास्थलबाट निकालेको हो ।

पहिरोले पुरिएर बुढीगण्डकी नदिले बगाएकी क्यान नेपाल नामक गैससको कर्मचारी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेत भने फेला पर्न सकेकी छैनन् । उनको शवको खोजी कार्य भई रहेको प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले जानकारी दिनुभयो ।

पहिरोले अवरुद्ध बाटो बटुवा र खच्चड व्यवसायी भएर मर्मत गरी सुचारु गराएको स्थानीयले बताएका छन् ।

मनास्लु पदमार्गको उहिया स्थित तातोपानी नजिकैको झोलुङ्गे पुल पारि केरौंजा तर्फ भूकम्प लगत्तै पहिरो गएको थियो ।
सोहि स्थानमा हिजो बिहान पुन पहिरो जाँदा ४ जनाको मृत्यु भएको हो भने दुई नेपाली सहित १४ जना पर्यटक घाइते भएका थिए । २०७२ बैशाख १२ को भूकम्पपछि पदमार्ग अस्थायी रुपमा सुचारु भएको छ ।

शुक्र, अशोज ७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार