Loading...

मनासलु पदमार्गमा गएको पहिरोमा परि मृत्यु हुनेको सङख्या ५ पुग्यो

गोरखा ,६ असोज ।

गोरखाको मनासलु पदमार्गको उहियामा आज बिहान गएको पहिरोमा परि मृत्यु हुनेको सङख्या ५ पुगेको छ ।

उहिया गाविसस्थित तातोपानी र केरौंजा–९ जोड्ने पुल नजिकै रहेको दोभारमा पहिरोमा परेर घाइते भएका थप एक स्पेनी पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा २ विदेशी र ३ नेपाली छन् ।मृत्यु भएका मध्ये चार जनाको घटनास्थलमै र एक स्पेनी नागरिकको उपचारकोक्रममा काठमाण्डौस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

पहिरोमा परि स्पेनिस नागरिकसहित ओखलढुङ्गाकी २५ वर्षिया रञ्जना बस्नेत, पर्यटक गाईडहरु काठमाडौं गोकर्ण बस्ने ३५ वर्षीय दार्जे लामा र ३० वर्षीय छिरी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परि अन्य १२ जना विदेशी र २ जना नेपाली घाइते भएका छन् ।गम्भिर घाइते उनीहरुलाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौ ल्याई विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

घाइते सोलीकी २४ वर्षीया प्रिति मगर र सोलु कै २५ वर्षीया चेतकुमारी मगर रहेका छन् । उनीहरुको टाउको तथा खुट्टमा चोट लागेको बताइएको छ । १२ विदेशीको भने पहिचान खुलेको छैन ।

त्यस क्षेत्रमा राती पानी परेर पहिरो गएको अनुमान गरिएको छ । ‘घटनास्थलमा पहिरो खस्ने क्रम जारी रहेको प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले बताउनु भयो ।

सिर्दिबासको जगत र माछिखोला प्रहरी चौकीका ७ जना प्रहरी घटनास्थल पुगेका हुन् । आरुघाट इलाका प्रहरी कार्यालयबाट पनि प्रहरी खटाईएको छ । आरुघाटबाट घटनास्थल पुग्न दुई दिन लाग्छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...