भगवानसँग आमाको मृत्यु माग्न यसरि बाध्य भए …..

आमाले मेरा लागी सफलता र समृद्धिको कामना गरिरहदा मैले उनकै मृत्युको प्राथना गरे । यो दुनीयाकी अभागी छोरी थिए म या त्यस्ती छोरीलाई जन्म दिने आमा अभागी थिईन ।

म घरबाट निस्कदा आमाले मलाई हेरिरहेकी थिईन् , मैले पनि पुलुक्क हेरे अनी मनमनै भगवानलाई पुकारेर भने हे भगवान मेरी आमाको दुख अन्त्य गरिदेउ ..आफैसग बोलाउ भगवान ..उनलाई मुक्ति देउ ।
हुनत मेरी आमा अशक्त या बिरामी थिईनन् । आफ्नै पाखुरा बजारेर खादै थिईन अझै सम्म । उनका म सहित ११ छोराछोरी , नातिनातिना ,त्यसमाथि सबै पढेलेखेका । सुन्दा अचम्म लाग्ला अरुलाई…. दुनीयालाई ज्ञान दिने , यो समाजका बारेमा आम जनमानसमा पुर्याउने काम गर्थे छोराछोरी ।
उनका पति अर्थात मेरी बाबु पनि जिवितै थिए । तर आमाको ओठमा मुस्कान ,मनमा शान्ति , अनी सम्मान केहि थिएन । दुनीयाले देख्दा सबैथोक छ उनीसाग तर बास्तविकता फरक ।

छोराछोरीले कहिलै गल्यौ कि आमा , केहि खान मन लाग्यो , यत्रो घर धानेकी छ्यौ केहि खर्च चाहिन्छ की सम्म भन्दैनथे । छानी छानी आफ्नालागी कपडा ल्याउदा तिम्रो धोती च्यातिएछ नि आमा खै यो लगाउ त ल्याईदिएको छु सम्म भनेको याद छैन मलाई ।
म त सानै थिए । उनलाई के दिन सक्थे र आफैलाई भोक लागेर सिथिल हुदा अरुले खाएको एक पाप्रो बिस्कुट मलाई नि दिए हुन्थ्यो भनेर मुख मिठ्याउथे । खाजा खानेसम्म हुदैनथ्यो बस् बिहान बेलुका भात खान पाईन्थ्यो । तर आमाको दुखको अनुभव भने जति मेरो मन र दिमागले बुझयो त्यो अनुभुति प्रकट गर्न मन थ्यो ।

मेरा बाबुको त कुरै छोडौ , खै आमालाई माया गर्थे या गर्दैनथे । काम त कहिलेकाहि गरेको देखेकी छु । तर घरबाट हिडेको महिनौ दिन फर्कदैनथे । जुन दिन फर्किए त्यो दिन केहि समय पछि झगडा सुरु भईहाल्थ्यो ।

आमाबाबु मिलेर हास्दै कुरा गरेको पनि देखिन्थ्यो तर कहिलेकाहि मात्रै । आमाको कपाल लुछ्ने , कुट्ने पिट्ने अनी अश्लील गालि गर्ने यो मेरा बाबुको शौख नै थियो सायद ।

बाबु घर आएपछि आमाले उनीसँगै सुत्न जान पर्ने । ५५ नाघेकी मेरी आमा राति कहिलेकाहि रुदै गरेको सुनिन्थ्यो । केहि होला भन्ने सोचेर खासै वास्ता गरिन मैले पनि ।

छोराछोरी धेरै भएपनि पढ्नका लागी शहर पसेका थिए ,घरमा साना हामी तीन जना थियो । म भन्दा अली ठुला दाई दिदि आफ्नै धुनमा । म प्राया आमासगै हुन्थ्ये । म जव ८ पास गरेर ९ मा गए अर्थात त्यो दिन मेरो रिजल्ट आएको थियो । खुसि थियौ हामि सबै खाना खाएर बस्यो । राति बाबु आए अनी आमालाई बोलाए ।
आमा सुतेकोले मैले नै खाना दिए ।अनी सुत्नुस है भनेर कोठामा गए तर बाबु सुत्न गएनछन् । आमालाई बोलाउदैथिए । अचानक आधारातमा बाबु त  कराउन थाले , त म सँग सुत्न नआउने …को सँग गएकीछन् …उनले बोलेका कुराहरु कसरी बताउ जो मसँग उच्चारण त के लेख्ने पनि हिम्मत छैन ।

त्यो रात भाडभैलो भयो , अचानक बाबु बिहान कता गायब भए कसैलाई थाहा भएन । हामि घरमै थियो ,आमा खेतमा गएकी थिईन् । बाबुले त त्यहि कुटपिट गरेर कपाल लुछेछन् । अरुले देखेर कराएपछि खेतमाथि गएर ढुगाले हानेछन् । आमा नभागेकी भए … त्यहि दिन उनको जीवन अन्त्य हुन्थ्यो ।

पछि मात्रै घटना थाहा भयो । रिसले मुरमुपिरदै बसेकी म टुप्लुक्क बाबु भुतभुताउदै आईपुगेको खेखेपछि भने आमालाई कुट्या बाउ । अब त अत्ति भयो आईदा छोयौ भने बाबु भन्दिन पुलिस लगाएर थुनिदिन्छु । बाुबुलाई धम्क्याउछेस त भनेर कुट्न आएका उनका हात झट्कारेर फाल्दै भने मलाई हात नहाल । अबदेखि आमामाथि अत्याचार म सहन्न ।

कैलै बाबुलाई केहि नभनेकी मैले त्यो दिन ठुलै बिद्रोह गरेको भान भयो आफैलाई । त्यसदिनदेखि आमासँगै म सुत्ने गर्थे । बाबुका गतिबिधि नियाले अनी मात्रै थाहा भयो बाबुको कर्तुत । आफ्नो कामबासना पुरा गर्न श्रीमतीमाथिको अत्याचार । प्रेम सँगै यौन सायद सँगै आउला तर त्यो हद भन्दा माथि गएपछि मान्छे हिस्रक बन्छ । त्यस्तै महसुस मैले गरे । त्यसपछिका हरेक दिन म आमासँगै सुत्थे । बाबुले थर्कमान बनाउदै कराउने त किन आमासँग सुतेको । मेरो मुख पनि सायद तुच्छ भैएको थियो । उल्टै गालि गर्दै भन्थे बाबु तिम्रो दिमागको ईलाज गर्न पर्ला है । म आमासँग सुत्छु के आपत पर्यो । खुरुक्क गएर सुत्नु ।

आफ्नो कामबासना पुरा गर्न रातभर बृद्ध श्रीमतीलाई जागै राख्ने र नमाने घाटि न्याक्ने ,कपाल लुछ्ने बाबुको त्यो अपराध रोक्ने मैले सहि लागेको काम गरेकी थिए ,प्रत्येक रात आमासँग सुतेर । त्यो गलत थियो या सहि मलाई थाहा थिएन । तर मेरो मन जे भन्यो दिमागले जे सोच्यो त्यहि गरे । बाबुले धेरै कराउदा आमा गालेले सुन्छ म उतै जान्छु भन्दा धेरै पटक रोकेकी छु ।
एकदिन साझ म बाहिर थिए घर भित्र आमालाई कुटेछन् । चिच्याएको सुनेर कुदेर भित्र पस्दा आमा भुईमा पछारिएकी थिईन् । बाबु तलाई मारिदिन्छु भन्दै घाटी न्याकिरहेका थिए । केहि होसै भएन चिच्याए र बाबुको कुममा टोकिदिए । बाुबु नि झड्कारीएर पर लडे । त्यसबेला भनेकी थिए पुलिस लाएर बाबुलाई थुनाइदिन्छु तर किन हो आमाले नै रोकिन मलाई ।
बाबुलाई कराउदै भने आज एउटा कार्यक्रममा पनि तिम्लिे आमालाई कुट्छौ ,यस्तो दुख दिन्छौ भनेर भने अब कितावमा पनि आउछ । संसारले पढ्छ ।
खै के सोचे त्यसपछि बाहिर गएर ह ह गर्दै सारै भएर ढले ,उनलाई जगाउन आमाले तीन गाग्रो पानी खन्याईन् । कोठामा पसेनन् रातभर प्यासेजमा बाहिरै बसे ।

समय बित्दै जादा म अलि अक्कडि बन्दै गए र बाबु म सँग केहि सहज रहन थाले । उनले आमालाई अश्लील गालि गर्थे मैले लगत्तै उनलाई मलाई त्यासो भन्यौ छोरीलाई त्यस्तो भन्छ । भन्दै कराउदा तलाई भन्या हैन खराने । यो काम नलाग्ने भई भेर हिड्थ्ये । म हुदा आमालाई कुट्न पनि छाडे , भलै गालि गर्न झगडा गर्न नछाडेनै पनि मलाई देखेभने राम्रो ब्यावहार गरेजस्तो पनि गर्थे । हाम्रो दुईतीर घर त्यो पनि टाडा भएकोले सधै बाबु आमा एकै ठाउमा हुदैनथे । म आन्दले पड्न जान्थे , हिड्थे तर तब बाबु घर आउथे अनी स्कुल जान बाहेक काहि हिड्न मन लाग्दैनथ्यो ।
आमाले सबै कुरा खुलाउनु त भएन मलाई , भन्ने कुरा पनि भएन सायद । तर अस्पष्ठ रुपमा भन्ने गरेकी थिईन् । मेरै कारणले आमालाई केहि सहज भएको महसुस पनि गरेको थिए । एकदिन कुरै कुरामा आमाको वाक्य आयो , कोहि लोग्नेमान्छे पशु हुन्छन् । तरे बाबु पनि त्यस्तै छ उमेर छउन्जेल त जे भयो भयो , जति दुख दियो दियो तर बढो भैसक्दा पनि छि……। उहिलेपनि यस्तै थियो ।

म सुनिरहे उहाले थप्नुभयो त्यति मात्र होईन जो सँग बोल्यो उसैलाई देखाउछ पापी यत्रम छोराछोरी छन् बिहे भैसक्यो नाति नातिमा भए । यो उमेरमा पनि नपाउने बित्तकै आरोप लगाउछ । मेरै माईतिसँग पनि आखा लगायो । भाईले झण्डै मारेको यसलाई । अरुले जोगाए । आजसम्म ससुरालि गएपनि भाईकोमा जादैन ।

केहि बोली , मनमनै सोचे कहिलेसम्म आमा । तिमि त एक प्रतिनिधि पात्र मात्रै हो यस्तो कति आमाले भोगिरहेका छन् । न कसैलाई भन्न सक्छन् क रोक्न । भने पनि के नै भनुन् श्रीमानले यस्तो गर्यो ,उसो गर्यो न त समाजले सहि अर्थमा बुझ्छ न त परिवारका अन्य सदस्यले नै ।

किनकी ६० बर्ष पुगेकी मेरी आमा बाबुसँग नसुतेर छोरीसँग सुति भनेर तथानाम भन्दै गालि गर्दै गरेका बाबुतिर हेरेर डिग्री पास गरेको छोराले बुढा बुढी पो सुत्नपर्छ के नाटक गरिहेको भन्दा म नै झस्कीएकी थिए ।

मेरो पुकार सुनेनन् भगवानन् ,बरु उल्टै आमामाथि दुख थप्दै गएका छन् । हिजो पतिले गरेको अत्याचार छोराछोरी ठुला भएपछि सुख मिल्छ भनेर आशु सँगै पिएकी उनले आज छोरा बुहारीले पनि लगाएका लाच्छना पनि सहदै छिन् । सुन्छु छोराले नै नैतिकताहिन भन्यो रे बुहारीले अझै सक्छौ भने अर्को जन्माए भैहाल्यो नि भनिन् रे ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter