ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल , ९ टोली नेता चुनिए

काठमाण्डौ, ६ असोज ।

नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि ९ टोली नेता चयन भएका छन् ।

सात प्रदेश र केन्द्रका बिभाग तथा फाँटमा आबद्ध केन्द्रीय सदस्य समेत जोडेर ९ टोलीका नौ जना नेता चयन भएका हुन् ।
अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । त्यसपछि निष्कर्ष सुनाउन प्रत्येक समूहले सहमतिका आधारमा टोली नेता छानेको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिनुभयो ।

जस अनुसार प्रदेश नम्बर १ बाट जगन्नाथ खतिवडा, २ बाट प्रल्हाद गिरी, ३ बाट अरुण नेपाल र ४ बाट जगत विश्वकर्मा टोली नेता चयन भएका छन् । त्यस्तै प्रदेश ५ बाट बैजनाथ चौधरी, ६ बाट यमलाल कँडेल र ७ बाट निरा जैरु चयन भएका छन् ।

बिभिन्न बिभागहरुको समूहबाट रचना खड्का र फाँटहरुबाट विश्वनाथ प्याकुरेल टोली नेता छानिएका छन् । एमालेको जारी केन्द्रिय कमिटी बैठकमा टोली नेताहरुले आ आफ्नो समूहको निष्कर्ष सुनाउने क्रम जारी रहेको जैरुले बताउनुभयो ।

टोली नेताको निष्कर्ष चित्त नबुझ्नेले हात उठाएर २ मिनेटमा आफ्नो भनाइ राख्न पाउने र नेतालाई २० मिनेटमा निष्कर्ष सुनाउन समय दिइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै आजै बस्ने भनिएको स्थायी कमिटीको बैठक भने स्थगित भएको छ । केन्द्रिय कमिटि बैठक र त्यसका विषयवस्तुलाई थप प्रभावकारी बनाउन भन्दै स्थायी कमिटि बैठक स्थगित गरिएको हो ।

यसैविच अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने केन्द्रीय सदस्यहरुले नेताहरुले गुटबन्दी मुखले होइन व्यवहारले अन्त गर्नुपर्ने बताएका थिए ।

माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुले पार्टी सञ्चालन गुटका आधारमा भएको भन्दै रोष प्रकट गरेका छन् । जारी छलफलका क्रममा उठेका प्रश्नको जवाफ अध्यक्ष ओलीले भोली दिनुहुनेछ  ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter