प्रमद्धारा नर्वेका राजदुत र विश्व बैंकका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं, असोज ६ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज नर्वेका राजदुत र विश्व बैंकका देशीय निर्देशकसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेन सँग सिंहदरबारमा भेटवार्ता गर्नुभयो ।
भेटमा दाहालले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक विकासका लागि द्रुतगतिमा काम गरिरहेको जनाउदै नेपालको विकास प्रयासमा नर्वे सरकारबाट प्राप्त सहयोगको प्रशंसा गर्नुभएको थियो ।

प्रधानमन्त्रीले सात दशक लामो संघर्षबाट नेपालले प्रगतिशील संविधान पाउनुका साथै शान्ति–प्रक्रियालाई मौलिक ढंगले टुंगोमा पु¥याउन खोजिरहेको बताउनु भयो ।

सो क्रममा राजदूत पिटर्सेनले नेपालको प्रगति र समृद्धिका लागि नर्वेको सहयोग जारी रहने विश्वास दिलाउँदै शान्ति–प्रक्रियामा नर्वेले खेलेको भूमिकालाई नेपालले सकारात्मकरुपमा मूल्यांकन गरेकामा खुसि ब्यत्त गर्नुभयो ।

यसैबीच, प्रधानमन्त्री दाहालले आजै विश्व बैंकका देशीय निर्देशक किमियाओ फानसँग पनि भेटवार्ता भएको छ । सिंहदरबारमा नै भएको भेटमा प्रधानमन्त्री दाहालले उच्चशिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पपछिको पुनःनिर्माणमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउनु भएको थियो ।

यस्तै दाहालले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विश्व बैंकको नीतिमा सहलीकरण गरी नेपाल सरकारको पूर्वाधार विकास नीति अनुकूल बनाउन पनि फानसँग आग्रह गर्नुभएको प्रधानमन्त्रीका उप स्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

निर्देशक फानले नेपालको उर्जा, जलविद्युत्, प्रसारण लाइन, सौर्यउर्जालगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिनुभएको थियो ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...